४० अर्ब बराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक
Published:
by .काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ अंकित दरका ४० करोड थान नोट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।
केन्द्रीय बैंकले बिहीबार आह्वान गरेको बोलपत्रअनुसार ४० करोड थान सय दरका नोटको मूल्य ४० अर्ब रुपैयाँबराबर हुन्छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रियाअन्तर्गत योग्य कम्पनीले नोट डिजाइन, प्रकाशन र आपूर्ति गर्नुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार इच्छुक कम्पनीले आगामी पुस १५ भित्र बोलपत्र खरिद गरिसक्नुपर्ने छ । यसका लागि २० हजार रुपैयाँ लाग्ने छ भने यो रकम फिर्ता हुँदैन । पुस १५ भित्र बोलपत्र पेस गरिसक्नुपर्ने र त्यसपछि प्राप्त बोलपत्र स्वीकृति हुने छैन ।
बम बम बम
बोलपत्र पेस गर्ने कम्पनीका प्रतिनिधिको उपस्थितिमा थापाथलीस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा बोलपत्र खोलिने छ ।
बोलपत्र खोलिएको १ सय २० दिनसम्म म्याद रहने र यसका लागि ३ करोड १० लाख रुपैयाँ वा सो सरहको विनिमय दरअनुुसारको रकम जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यसको म्याद २०७६ जेठ १४ सम्म रहने छ ।
बाह्रखरी
Comments