Sajhamanch Archive

लुगा धुने पेसामा अर्जुनधाराका तीन युवा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

अर्जुनधारा । थोरै मात्र मानिसले विदेशमा सिकेको सीपलाई नेपालमा आएर उपयोग गर्छन् । विदेशमा सिकेको सीपलाई स्वदेशमा नै सदुपयोग गरी आत्मनिर्भरताको बाटोमा झापाको अर्जुनधारा नगरपालिका ५ का केही युवा अग्रसर भएका छन् ।

वैदेशिक रोजगारीका लागि दुबई गएर तीन वर्ष वासिङ कम्पनीमा काम गरेका राजेश दाहालले नेपाल आएर त्यहाँ सिकेको सीपको सदुपयोग गर्न थालेका हुन ।
राजेशसँगै होम रिजाल र टंक दाहालले पनि मिलेर वासिङ मेसीन ल्याई लुगाधुने काराखाना (लण्ड्री) सञ्चालनमा ल्यााएका हुन् ।

न्यू नमूना लण्ड्रीमा लुगा धुने, सुकाउने तथा आइरन गर्ने काम गरिन्छ । लण्ड्रीमा वासिङ मेसीन, हाइड्रो, ड्रायर, आइरन र प्याकेजिङ समेतको व्यवस्था रहेको लण्ड्रीका सञ्चालक राजेश दाहाल बताउँछन् ।

३५ लाखको लगानीमा सञ्चालन गरिएको लण्ड्रीमा संस्थागत रुपका शिक्षण संस्था, होटल, अस्पताल तथा विभिन्न संघ–संस्थाका कपडाहरु धुलाई गर्न तथा आइरन गर्न सहज हुने सञ्चालक रिजालको भनाई छ ।

लण्ड्री सञ्चालनमा ल्याएसँगै धुने कपडा संकलन गर्न बिर्तामोड र धुलाबारीमा सम्पर्क केन्द्र खोलिएको टंक दाहालले जानकारी दिएका छन् ।

अर्जुनधारा नगरपालिकाका वडा न ५ का अध्यक्ष ध्यानबहादुर भारतीले कात्तिक २७ गते विशेष कार्यक्रमका बीच लण्ड्री उद्योगको उद्घाटन गरिदिएका हुन् । सो अवसरमा वडाध्यक्ष भारतीले विदेशी सीपको सदुपयोग गर्दै नेपालमा नै बसेर काम गर्ने यस्ता होनाहार युवाको समाजमा खाँचो रहेको जिकिर गरेका थिए ।

यस्ता स्वावलम्बी युवालाई वडाको तर्फबाट सधैं साथ सहयोग रहने वडाध्यक्ष भारतीले विश्वास दिलाए । वडाध्यक्ष भारतीले झापा मै नयाँ काम गरेको भन्दै लण्ड्री सञ्चालकलाई हौसला र ढाढस पनि दिएका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *