Sajhamanch Archive

उत्तर कोरियाद्वारा उच्च सामरिक महत्वको नयाँ हतियार परीक्षण, अमेरिका तर्सियो !

Published: in राष्ट्रिय समाचार, by .

रोएटर्स ।करीब एक वर्षदेखि परमाणु हतियारको उत्पादन तथा परीक्षण बन्द गरेको दाबी गर्दै आएको उत्तर कोरियाले उच्च सामरिक महत्वको नयाँ अत्याधुनिक हतियार परीक्षण गरेको छ ।

उत्तर कोरियाको राष्ट्रिय रक्षा विज्ञान एकेडेमीले उक्त हरियार परीक्षण गरेको र नेता किम जोङ उनले त्यसको निरीक्षण गरेको भनी उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले शुक्रबार खबर दिएको बताइएको छ।

खबर अनुसार किमले आफ्ना सेनाको क्षमता वृद्धिका लागि उक्त हतियारको निर्माण गरिएको बताएका छन् । उनले राष्ट्रको सुरक्षाका लागि यो महत्वपूर्ण उपलब्धी भएको भन्दै राष्ट्रिय रक्षा विज्ञान एकेडेमीको प्रशंसा गरेका छन् । परीक्षण कुन मितिमा गरिएको र हतियार कस्तो खालको हो भन्ने बारे भने नखुलाइएको छैन् ।

गत वर्षहरुमा नियमित परमाणु हतियारको परीक्षण गरि विरोधीहरुलाई चेतावनी दिइरहेको उत्तर कोरियाले २०१८ को सुरुदेखि नै मुख्य प्रतिद्वन्द्वी दक्षिण कोरियासँग सुमधुर सम्बन्ध बनाउन लागि परिरहेको छ । अबका दिनमा परमाणु हतियारको निर्माण र परीक्षण नगर्ने प्रतिबद्धता गर्दै आएको छ ।

यसै क्रममा गत मे मा उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्तासमेत गरे । दुई कोरिया अहिले करीब ६ दशक लामो द्वन्द्व अन्त्य गर्ने प्रयासमा जुटिरहेका छन् ।

कोरियाले अत्याधुनिक हतियार परीक्षाण गरेपछि अन्य देशहरू सशंकति भएका छन् । विशेष गरी अमेरिकाले कोरियाको यस कदमलाई चासोसाथ लिएको खबरमा उल्लेख गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *