कमल गाउँपालिकामा ३२ ओटा मुद्धा दर्ता
Published:
by .कमल । जिल्ला अदालत झापामा पुग्ने धरै जसो मुद्धाहरु हाल स्थानीय निकायको न्यायिक समितिमा आउन थालेका छन् । स्थानीय निकायको न्यायिक समितिबाट मुद्धा मिलाउन थालेपछि अदातलमा पर्ने मुद्धाको भार घटेको हो ।
कमल गाउँपालिकामा हालसम्म ३२ ओटा मुद्धा दर्ता भएका छन् । जस अन्तरगत जग्गा खिचलोमा १३ वटा, पति पत्नि बीचको झगडा ८ वटा, माना चामल २, घरभाडा १, शेयर फिर्ता १, पैनी निर्माण १, रोक्कागरी पाउँ ३, अंश वण्डा २, बोट विरुवा सम्वन्धी १, सार्वजनिक १ र जग्गा भोगचलन १ गरी जम्मा ३२ मुद्धा दर्ता भएको गाउँ पालिकाका उजुरी प्रशासक लयप्रसाद संग्रौलले जानकारी दिए ।
जस मध्ये ११ ओटा मुद्धामा पूर्ण रुपमा मिलाइएको गाउँपालिकाले जनाएको छ । दर्ता भएका मुद्धा अन्तरगत जग्गा खिचलो सम्बन्धिका २ वटा मुद्धा न्यायिक समितिमा मिल्न नसकेपछि अदालत पठाइएको बताइएको छ । अन्य बाँकी मुद्धाहरु न्यायिक समितिले छलफल गरी मिलाउने प्रयास भइरहेको प्रशासक संग्रौलाले जानकारी दिए ।
Comments