Sajhamanch Archive

मंसीर २२ गते बिर्तामोडमा हिन्दुत्व जागरण साभा गरिँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाले बिर्तामोडमा वृहत हिन्दुत्व जागरण सभा आयोजना गर्ने भएको छ । राप्रपा झापाको आज शनिबार सम्पन्न विस्तारित भेलाले मंसीर २२ गते वृहत हिन्दुत्व जागरण सभा आयोजन गर्ने निर्णय गरेको हो ।

भेलामा राप्रपा महामन्त्री एवम् संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनले नेपालीहरुको सांस्कृतिक पहिचान धर्म नै संकटमा परेकोले हिन्दुत्व जागरणसभा आयोजना गर्न लागिएको बताएका हुन् । त्यसको लागि गाउँ, नगर तथा पार्टीका तल्लो तहका कमिटीहरुलाई परिचालन गरिएको उनले जानकारी दिएका छन् ।

धर्म रक्षाको यो महाअभियान केवल राप्रपाको मात्र नभएर सिंगो ओमकार परिवारको भएकाले एकजुट भएर लाग्न महामन्त्री लिङ्देनले आग्रह गरेका छन् । धर्म संस्कृति नै संकटमा परेको वर्तमान अवस्थामा त्यसको रक्षको लागि सबै एकजुट हुनुको विकल्प नरहेको उनको जिकिर छ ।

वृहत हिन्दुत्व जागरण सभा सफल बनाउन जिल्ला अध्यक्ष अम्वर विष्टको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति बनाएको छ । त्यस्तै संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनको संयोजकत्वमा केन्द्रीय सदस्यहरु रहेको निर्देशन समन्वय सिमति गठन गरिएको छ ।

यसैगरी केन्द्रीय सदस्य बासुदेव भट्टराईको संयोजकत्वमा धार्मिक व्यक्तित्व सम्पर्क समन्वय समिति, जिल्ला उपाध्यक्ष कमल खरेलको संयोजकत्वमा अर्थिक समिति, जिल्ला सचिव केशव ओझाको संयोजकत्वमा पारवहन व्यवस्थापन समिति, मिडिया नेपालका अध्यक्ष रञ्जित प्रसाईको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।

वृहत हिन्दुत्व जागरण सभामा राप्रपा अध्यक्ष कमल थापा, महामन्त्री एवम् संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देन, केन्द्रीय नेता तथा ओमकार परिवारका विभिन्न धार्मिक व्यक्तित्वहरुको सहभागिता रहने सो पार्टीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *