Sajhamanch Archive

झापामा ‘स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय समीक्षा गोष्ठी’ गरियो

Published: in समाज, स्थानीय तह, स्वास्थ्य, by .

भद्रपुर । झापाका सबै स्थानीय तहमा आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालन भएका जनस्वास्थ्य सम्बन्धी कार्यहरुको समीक्षा गरिएको छ ।

स्वास्थ्य कार्यालय भद्रपुरमा आइतबार प्रदेश १ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटा र स्वास्थ्य कार्यालय मोरङले संयुक्तरुपमा आयोजना गरेको ‘स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय समीक्षा गोष्ठी’मा झापाका १५ स्थानीय तहका स्वास्थ्य शाखा र साझेदार संस्थाहरुले आ–आफ्ना कार्यक्षेत्रमा भएका स्वास्थ्य सम्बन्धी कार्यक्रमका बारेमा जानकारी गराएका हुन् ।

स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न गोष्ठीको प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । उनले स्थानीय तहहरु सबै नागरिकमा सबैखाले स्वास्थ्यको सहज पहुँच पुर्याउन प्रतिबद्ध रहेको भन्दै तहहरुका स्वास्थ्य शाखाले तय गरेका कार्यक्रमलाई स्थानीय तह प्रशासनले अक्षरशः कार्यान्वयन गर्दै आएको जानकारी दिए ।

स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख शशिकुमार भट्टराईले स्वागत र सामाजिक विकास मन्त्रालयकी झरना गिरीले सञ्चालन गरेको गोष्ठीमा सबै स्थानीय तहले आव २०७४÷०७५ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । समीक्षा बैठकमा साझेदार संस्थाहरु नेपाल परिवार नियोजन संघ झापा, सहारा नेपाल, हेप्पी नेपाल, सेभ द अर्थ, लवकुश आश्रम लगायतले जिल्लामा गरिएका सवास्थ्य सम्बन्धी गतिविधि प्रस्तुत गरेका थिए ।

कार्यक्रमको औचित्यमाथि मन्त्रालयका जनस्वास्थ्य अधिकृत शिवनारायण यादवले प्रकाश पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *