झापा गाउँपालिकामा जिल्ला स्तरीय योग विज्ञान शिविर सुरु
Published:
by .कमल । झापा गाउँपालिकाको मदरगाछमा आइतबारबाट जिल्ला स्तरीय वृहत योग विज्ञान शिविर सुरु भएको छ ।
स्थानीय दिपज्योती युवा क्लवको आयोजना तथा झापा गाउँपालिकाको संयोजनमा गाउँपालिको वडा नं. ७, मदरगाछ स्थित जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा योग शिविर सुरु भएको हो । शिविर ५ दिनसम्म सन्चालन हुने आयोजक दिपज्योती युवा क्लबले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जय नारायण शाहाले दिप प्रज्वलन गरेर शिविरको उद्घाटन गरेका हुन् ।
शिविरमा उपस्थित सहभागीहरुलाई पतन्जली योग समिति नेपालका केन्द्रीय प्रभारि लवदेव मिश्र, केन्द्रीय सदस्य तथा जडिबुटी विज्ञ टिका खतिवडा प्रदेश १ का महामन्त्री लक्ष्मीप्रसाद काफ्ले लगायतले प्रशिक्षण दिनेछन् ।
शिविरमा आहार, विहार, खानपान, जडिबुटी, जिवन शैली योग, प्रणायम, आशन लगायका विषयमा ५ दिनसम्म प्रशिक्षण हुने पतन्जली योग समिति झापाका अध्यक्ष देविप्रसाद घिमिरेले जानकारी दिए । आज पहिलो दिनको शिविरमा करिव २ सय ५० जना भन्दा बढीको सहभागी रहेको थियो ।
Comments