Sajhamanch Archive

भद्रपुरमा कर सम्बन्धी अन्तरक्रिया

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

भद्रपुर । कर सप्ताहको अवसर पारेर भद्रपुरमा करसम्बन्धी अन्तरक्रिया गरिएको छ ।

एक सातासम्म विभिन्न चेतनामूलक क्रियाकलाप तथा करदाता शिक्षासम्बन्धी कार्यक्रमका साथ कर सप्ताह मनाउने शिलशिलामा आन्तरिक राजश्व कार्यालय भद्रपुरले झापा उद्योग वाणिज्य संघ र झापा उद्योग संघसँगको सहकार्यमा आइतबार करसम्बन्धी अन्तरक्रिया गरेको हो ।

झापा उद्योग वाणिज्य संघको सभाहलमा अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरुलाई करसम्बन्धीका प्रावधान तथा आर्थिक ऐन २०७५ का सम्बन्धमा जानकारी गराइएको थियो ।

झापा उद्योग संघका वरिष्ठ उपाध्यक्ष यमबहादुर श्रेष्ठले स्वागत र झापा उद्योग वाणिज्य संघका महासचिव पंकज शर्माले सञ्चालन गरेको कार्यक्रममा कर अधिकृत प्रकाश राईले आन्तररिक राजश्व कार्यालयले प्रवाह गर्दै आइरहेको सेवा र करका प्रावधानका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले करका विषयमा राखेका जिज्ञासाहरुको जवाफ प्रमुख कर अधिकृत बालराज आचार्यले दिएका थिए ।

आचार्यले करका विषयमा व्यवसायीहरु आत्तिनुपर्ने कुनै पनि कारण नरहेको बताउँदै समयमै कर दाखिला गर्दा कुनै पनि किसिमको अप्ठ्यारो नहुने जानकारी गराए । उनले करको दायरा फराकिलो बनाउन कर प्रशासन जुटिरहेको बताए । उनले आर्थिक ऐन २०७५ ले वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएका तर करको दायरामा नआएका फर्महरुका लागि विभिन्न छुटका योजना ल्याएकाले त्यसलाई उपयोग गर्न पनि आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *