Sajhamanch Archive

सिग्देल र सेढाईंसहित दर्जनौंलाई पातालगंगाको सम्मान

Published: in सहकारी by .

बिर्तामोड । पतालगंगा बचत तथा ऋण सहकारी संस्थाको १०औं साधारणसभा आज सम्पन्न गरिएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष रेवती खनालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ५२ लाख ४० हजार शेयर पूँजी रहेको संस्थाले गत आर्थिक वर्षमा ३९ लाख ४३ हजार ८४२ रुपैयाँ आम्दानी गरेको अवगत गराए । २८ जनाबाट एक लाख ३० हजार रुपैयाँ शेयर पूँजी संकलन गरी २०६६ सालमा सुरु गरेको संस्थामा हाल एक हजार २९९ शेयर सदस्यहरु रहेको प्रतिवेदनमा उल्लेख छ ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाको उद्घाटन समारोहमा बिर्ताज्योति साप्ताहिकका सम्पादक तीर्थ सिग्देललाई ५१ सय रुपैयाँसहित सम्मान सम्मान गरिएको छ ।

साधारणसभामा बाल बचतकर्ता रोशिका भारती र दर्शाना सापकोटा, उद्यमी सदस्य कल्पना खतिवडा र रतना अग्रवाल, बचत कारोबारी सरोज संग्रौला, कमल श्रेष्ठ र कमलाकुमारी अग्रवाललाई उत्कृष्ट ठहर गरी सम्मान गरियो । यसैगरी, ज्येष्ठ शेयर सदस्य देवेन्द्र विक्रम थेबे, संस्थापक शेयर सदस्य एवम् पूर्व अध्यक्ष हरिप्रसाद सेढाईं र उत्कृष्ट कर्मचारीका रुपमा निरासा राजवंशी पनि सम्मानित गरिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *