Sajhamanch Archive

आकाशगंगा र ओली परिवारबाट पत्रकार उपचार कोषमा रकम प्रदान

Published: in सहकारी by .

बिर्तामोड । बिर्तामोडस्थित आकाशगंगा बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभाको अवसरमा नेपाल पत्रकार महासंघ झापाको पत्रकार सहारा उपचार कोषलाई २१ हजार १११ रुपैया प्रदान गरिएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व बहन गरेको भन्दै उक्त रकम पत्रकार उपचार कोषमा जम्मा हुनेगरी प्रदान गरेको अध्यक्ष राजेन्द्रकुमार बस्नेतले बताए ।

यस्तै संस्थाका सदस्य यादवकुमार ओलीले पनि परिवारका तर्फबाट उपचार कोषमा जम्मा हुनेगरी ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् ।
जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा आयोजित साधारणसभाको उद्घाटन समारोहमा पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष पार्वत बिमली, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, उर्जाशील कृषि सहकारी संस्थाका अध्यक्ष युवराज दाहाललगायतले मन्तव्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष विशाल शिवाकोटीले स्वागत मन्तव्य राखेको साधारणसभामा डिल्लीकुमारी ओझा, मनु राजवंशी, कमला संग्रौला र संजय शाहलाई उत्कृष्ट बचतकर्ता र ऋणीका रुपमा सम्मान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *