Sajhamanch Archive

अमेरिकामा गोलीकाण्ड, प्रहरी अधिकारीसहित चारको मृत्यु

Published: in राष्ट्रिय समाचार, by .

अमेरिकाको शिकागोस्थित एक अस्पतालमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ।

शिकागोको मर्सी अस्पतालमा भएको गोलीकाण्डमा शिकागो प्रहरीका एक अधिकारी, अस्पतालका दुई कर्मचारी र बन्धुकधारीको मृत्यु भएको शिकागो प्रहरीले जनाएको छ। बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको एक महिलालाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ। यद्यपि, उनले गोली चलाउनुको उद्देश्य थाहा हुन नसकेको प्रहरीको भनाइ छ।

शिकागो प्रहरीका प्रवक्ताका अनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौँ राउण्ड गोली चलाइएको थियो। बन्धुकधारीले अस्पताल भवनमा उक्लिँदै गर्दा बिरामीहरूले गोली चलेको आवाज सुनेका थिए। घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएसँगै मर्सी अस्पताललाई खाली गराइएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *