Sajhamanch Archive

बाल्मिकी एजुकेशनमा पढ्ने विद्यार्थीले बनाए रोबोट

Published: (Updated: ) in विविधा by .

विर्तामोड । झापाको बिर्तामोडस्थित वाल्मिकी एजुकेशन फाउन्डेसनका कक्षा ८ मा पढ्ने विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री तयार पारेका छन् ।

विद्यार्थीले तयार पारेको रोबोट सोमबार विद्यालयको विज्ञान प्रदर्शनीमा अन्य आगन्तुकका लागि राखिएको छ ।

रोबोट बनाउने विद्यार्थी रोशनकुमार साह हुन् । उनको समूहमा अन्य विद्यार्थीसमेत छन् । उनको समूहले करिब २ लाख रुपैयाँ खर्चेर रोबोट बनाएको बताइएको छ ।

रोबोट बनाउने विद्यार्थीले आफूहरूले बनाएको सेन्सर कार र ड्रोनसमेत दर्शकका लागि प्रयोग गरेर देखाउने गरेका छन् ।

अहिले सो फाउन्डेसनले आफ्ना विद्यार्थीले बनाएको विभिन्न सामग्री प्रदर्शनीमा राखेको छ । जसमा कक्षा १० पढ्ने अनिश दाहालले फाउन्डेसन तथा अन्य विद्यार्थीसँग मिलेर ‘वाल्मिकी भर्सेस टेरोरिस्ट’ कम्प्युटर खेलसमेत सो प्रदर्शनीमा राखेका छन् ।

सो फाउन्डेसनका विज्ञान शिक्षक निलम खरेलका अनुसार प्रदर्शनीमा कक्षा ६ देखि १० सम्मका करिब २ सय ५० विद्यार्थी आफैंले बनाएका विभिन्न विज्ञान सामग्री प्रदर्शनीमा राखिएको छ ।

शिक्षक खरेलले विद्यार्थीलाई आविष्कारमा थप हौसला दिन फाउन्डेसनले सकेको सहयोग गरिरहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *