Sajhamanch Archive

पैगम्बर मोहम्मदको जन्म दिनमा प्रदेश २ मा भोलि सार्वजनिक बिदा

Published: in प्रदेश तह by .

धनुषा । प्रदेश २ सरकारले बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

मंसिर ५ गते मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात् पैगम्बर मोहम्मदको जन्म दिन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

सरकारको २०७४ साल चैत २४ गते बसेको मन्त्रीपरिषदको निर्णयअनुसार प्रदेश २ मा बुधबार बिदा दिइएको कानून मन्त्रालयले जनाएको छ ।

बुधबार प्रदेश २ का आठवटै जिल्लाका सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिइएको मन्त्रालयका शाखा अधिकृत बसन्त न्यौपानले जारी गरेको पत्रमा उल्लेख छ ।

उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *