Sajhamanch Archive

बिर्तामोडमा नेपथ्य गुञ्जँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा अहिले साँझ नेपथ्य ब्यान्डको कन्सर्टका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपथ्यको टोली केही दिन पहिलेनै बिर्तामोड आएर सांगीतिक कार्यक्रमको तयारी पनि पूरा गरेको छ ।

दिनहुँजसो हुने सवारी साधन दूर्घटनालाई निरुत्साहित गर्न प्रचारात्मक अभियानका लागि नेपथ्य ब्यान्डको सहारा लिइएको हो । करिब पाँच करोड रुपैयाँ लाग्ने उक्त कार्यक्रमपछि प्रदेश नम्बर १ मा दूर्घटना न्यूनीकरण महाअभियान चल्नेछ। सहारा नेपालको संयोजनमा सडक दूर्घटना न्यूनीकरण महाअभियान प्रदेश नम्बर एकका मुख्य शहरहरुमा सञ्चालन हुने कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिएका छन् ।

साहारा नेपालसहित १० भन्दा बढी संघ–संस्थाले प्रदेश सरकार र ट्राफिक प्रहरीसँग समन्वय गरेर दूर्घटना न्यूनीकरणका लागि महाअभियान मार्फत नेपथ्यको सांगीतिक कार्यक्रमको तयारी गरिएको महाअभियानका संयोजकसमेत रहेका गिरीले जानकारी दिए ।

कार्यक्रमबाट संकलित रकम सडक दूर्घटना न्यूनीकरण महाअभियानमा खर्च गरिने जनाइएको छ । महाअभियानको दोस्रो चरणमा चैत्र मसान्तसम्ममा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाईजर, १० वटा राडर गन र तीनवटा जेब्राक्रस मार्किङ मेसिन प्रदान गर्ने महाअभियानका संयोजक गिरीले जानकारी दिए ।

ट्राफिक लाईट जडान गर्न ३ करोड ६० लाख, नेपथ्य ब्याण्डको सांगीतिक प्रस्तुतिका लागि ५० लाख ट्राफिक नियम सचेतनाका लागि २० लाख, ट्राफिक प्रहरी कार्यालयलाई उपकरण हस्तान्तरण ७० लाख गरि जम्मा ५ करोड रुपैयाँ लागतका अभियान सञ्चानल गरिने संयोजक गिरीले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *