Sajhamanch Archive

झापामा मोटरसाइकल दूर्घटना हुँदा दुईजनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मेचीनगर। मेचीनगर १२ को कालीझोडामा आज बेलुका मोटरसाइकल र स्कुटर एक–आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोरसाइकल चालक बिर्तामोड नगरपालिका वडा नं. ५ का २७ वर्षीय मञ्जुल बराइली र मेचीनगर–१० का स्कुटर चालक २४ वर्षीय युवराज अधिकारी रहेको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख राजेश राईले जानकारी दिएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कालीझोडामा बा. ६९ प ७९९४ नम्बरको मोटरसाइकल र मे. १० प ६६६४ नम्बरको स्कुटर एक–आपसमा ठोक्किँदा दुवै सवारी चालकको मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख राईले बताए ।

मोटरसाइकलको पछाडि सवार काठमाडौं जडीबुटीकी १८ वर्षीया सुविसा गुरुङ घाइते भएको र उनको बिर्तामोडस्थित बीण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुवै सवारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *