Sajhamanch Archive

ज्येष्ठ नागरिक हरिप्रसादको १०६ औं जन्म जयन्ती मनाइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बुधबारे । झापा बुद्धशान्ति १ का जेष्ठ नागरिक हरिप्रसाद वाग्लेको १ सय ६ औं जन्मोत्सव मनाइएको छ । बुद्धशान्ति १ मा बस्दै आएका वाग्लेको बुधबार आप्mनै निवासमा आफन्त छरछिमेकहरुको उपस्थितिमा जन्म दिन मनाइएको हो ।

इलामको मलिममा बुवा प्रभाखर वाग्ले र आमा धनमाया वाग्लेको जेठा छोराका रुपमा १९७० साल मंसिर ५ गते जन्मिएका हरिप्रसाद वि.स. २०१४ सालदेखि झापाको बुधबारे वस्दै आएका छन् । उनका ५ छोरा र २ छोरी भए पनि अहिले उनका २ छोरा र २ छोरी मात्र छन् । उहाँकी श्रीमति हर्कमायाको २०४९ सालमा निधन भएको थियो । उनका एक मात्र भाई जयनारायण वाग्लेको पनि केही वर्ष अघि निधन भईसकेको छ ।

कान्छा छोरा बेदप्रसाद वाग्लेसँग बस्दै आएका हरिप्रसादका जनाति जनातिना पनि रहेका छन् । शारीरिक रुपमा होचो कदका वाग्ले शाकाहारी भोजन ग्रहण गर्नुहुन्छ । आँखा कम देखेपनि उहाँका कान स्वस्थ रहेको छ । कुनै बेला साहासिक काम गर्न पछि नपर्ने उहाँ यतिवेला भने केहि कमजोर हुनुहुन्छ ।

राणा शासन मज्जाले अनुभव गर्नुभएका उहाँको आधा उमेर पशुपालनमा वित्यो । सबैको भलो चिताउने उहाँ शालिन प्रवृतिको हुनुहुन्छ । सबैलाई सेवा गर्दा मन खुसी हुन्छ भन्नुहुने उहाँ सेवाकै लागि मानव जिवन भएकाले जिवन भर निस्वार्थ सेवामा लाग्नेहरु स्वस्थ हुने र उनीहरुकै लागि स्वर्ग बनेको बताउनु हुन्छ ।

शारीरिक रुपमा स्वस्थ भएको बेला सन्तानसँग भलाकुसारी गर्न मनपराउने उहाँ विशेष गरी पनाति पनातिनिहरुसँग ठट्टा गर्न रुचाउनु हुन्छ ।

उहाँको जन्मदिनमा धेरैले आर्शिवाद पनि थापेका छन् । जन्मदिनमा शुभकामना दिन आउनेलाई उहाँले खुसी र सुखि हुनु पर्ने आर्शिवाद दिनुभएको छ । ‘मलार्ई परलोक जान मन लागेको छ उहाँ आप्mना सन्तानहरुसँग कहिले काहिँ ठट्टा गर्दै भन्नुहुन्छ ‘मेरो जिवनको भोगाई सकिएको छ र जिवन भोग्न पनि मन नलागेकाले परलोकमा लैजान भगवान धेरै चोटि अनुरोध गरेको छु खै लैजानु हुन्न ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *