Sajhamanch Archive

कमल गाउँपालिकामा जेसीज सप्ताह सुरु, ३५ जनाले गरे रक्तदान

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । कमल नगर जेसिजले शुक्रबारबाट जेसीज सप्ताह कार्यक्रम सुरु गरेको छ ।

जेसीजले सप्ताहव्यापी कार्यक्रमको अन्तर्गत कमल गाउँपालिका वडा नम्वर १ सरङ्गपाडा बजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदानमा ३५ जनाले रगतदान गरेका छन् । रक्तदानमा नेपाल रडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोग गरेको थियो ।

कार्यक्रममा उद्घाटनका क्रममा प्रमुख अतिथी कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले राजनीति गर्ने नेतागणहरुले जेसीजबाट धेरै कुरा सिक्नु पर्ने बताए । उनले समृद्धिको कुरा हैन सामाजिक काम पनि अग्रसर भई व्यवहारमा देखिनु पर्ने बताए ।

जेसीजको कार्यक्रम एक हप्तासम्म विभिन्न कार्यक्रम गरी समापन हुने कमल नगर जेसीज वर्ष २०१८ का अध्यक्ष केदार कटुवालले जानकारी दिए ।

कार्यक्रममा कमल नगर जेसीजका संस्थापक अध्यक्ष रुपनारायण न्यौपाने जेसीज सप्ताहको उद्देश्यबारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सन्चालन कमल नगर जेसिजका महा सचिव हेम दाहालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *