Sajhamanch Archive

फ्रेन्डसिप डाईरेक्सन क्लवको अध्यक्षमा पुन: दवाडी

Published: in समाज by .

काकरभिट्टा । विगत एक वर्ष अघि मेचीनगरमा स्थापित भएको फ्रेन्डसिप डाईरेक्सन क्लवको वार्षिक साधरण सभा शुक्रबार समापन भएको छ ।

फ्रेन्डसिप डाईरेक्सन क्लव मेचीनगरका संस्थापक अध्यक्ष अभिजित दवाडीको अनुसार यस क्लव सामजिक अनी मुनाफा रहित समाज सेवामा अग्रसर संस्थाको रुपमा काकरभिट्टामा चिनिदै आएको छ ।

यस संस्थाले एक वर्षे कार्यकालमा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण, विद्यार्थीहरुलाई उद्घोषण तथा व्यवहारीक तालिम गर्नुका साथै सो क्षेत्रमा सरसफाई कार्यक्रम गर्दै आएको संस्थाका सचिव प्रजल पौडेलको भनाई छ ।

हिजो भएको साधारण सभाबाट पुन दोस्रो कार्यकालका लागि निर्विरोध रुपमा अभिजित दवाडी अध्यक्ष पदमा निर्वाचित बनेका छन् भने अन्य पदका लागि भने नयाँ प्रतिनिधि छनोट गरिएको छ ।

क्लवको संयोजक पदमा प्रनिस श्रेष्ठ ,सचिव पदमा मञ्जील रिजाल, सदस्यमा प्रजवल पैडेल , मोहन गीरी, सैरभ सेढाइ, अभिनास सुवेडी , राजिब भूजेल ,करन लम्बु ,समिर क्षेत्री ,सन्तोस रसाइली, यादुनाथ कार्की, चयन भएका छन् ।

नव निर्वाचित क्लवले अब थप नयाँ तथा रचनात्मक कार्यमा अग्रसर भएर अगाडि बढ्ने पनि क्लवका अध्यक्ष दवाडीको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *