Sajhamanch Archive

सिम्रिक साकोसद्वारा गौरादहका सदस्यलाई सहकारी शिक्षा प्रदान

Published: in सहकारी by .

गौरादह । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर जिल्लाभर कार्यक्षेत्र विस्तारित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो गौरादह सेवा केन्द्रमा आवद्ध सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।

संस्थाका सचिव एवम् शिक्षा तथा तालिम विभाग प्रमुख सुवास भट्टराईको अध्यक्षता रहेको सहकारी शिक्षा तालिम कार्यक्रम गौरादह नगरपालिकाका उपप्रमुख गीता भेटवालको प्रमुख आतिथ्य रहेको थियो ।

तालिममा बिर्तामोड नगरपालिकाका सहकारी डेस्क प्रमुख डिल्ली दाहालले सहकारीका राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न अभ्यासहरुबारे सदस्यहरुलाई जानकारी गराउँदै सदस्यका काम कर्तव्य र अधिकारका बारेमा सहजीकरण गरेका थिए ।

संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतले सञ्चालन गरेको सहकारी शिक्षा तालिम कार्यक्रममा सदस्यलाई राहत पनि प्रदान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *