Sajhamanch Archive

अर्जुनधारामा लैङ्गिक हिंसा विरुद्ध र्याली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज नोभेम्बर २५ तारिखदेखि विश्वभर विविध जनचेतनामुलक कार्यक्रम गरी मनाउन थालिएको छ । नेपालमा दिनहुँजसो महिला हिंसाका घटनाहरु भइरहेको सन्दर्भमा यो कार्यक्रमको सान्दर्भिकता अझै बढी रहेको भन्दै हरेकजसो स्थानीय तहहरुले आजदेखि कार्यक्रम सुरु गरेका छन् ।

सोही सन्दर्भमा झापाको अर्जुनधारा नगरपालिकाको आयोजनामा पनि हिंसा विरुद्धको अभियान कार्यक्रम सुरु गरिएको छ । गतवर्षमात्रै सो नगरपालिकामा महिला हिंसाका अत्यासलाग्दा एवम् शृङ्लावद्ध घटनाहरु भएका थिए ।

१६ दिने अभियानको पहिले दिन आज अर्जुनधारा नगरपालिका कार्यालयबाट शान्तिपूर्ण र्याली आयोजना गरियो । अर्जुनधारा नगरपालिकाको आसपासमा रहेका ५ वटा विद्यालयका विद्यार्थीहरु, शिक्षकहरु, अर्जुनधारा नगरपालिका क्षेत्रमा बसोबास गर्ने मानिसहरुसहित र्यालीमा विभिन्न संघ–संस्थाबाट सयौंको सहभागिता थियो ।

शनिश्चरे बजार परिक्रमा गरी कोणसभा पछि र्यालीेको त्यही समापन गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *