Sajhamanch Archive

त्रिनेत्र सहकारीको १६औं साधारणसभा शनिश्चरेमा

Published: in सहकारी by .

अर्जुनधारा । त्रिनेत्र बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड ४ को १६औं वार्षिक साधारणसभा आज शनिश्चरेमा सम्पन्न गरिएको छ ।
२०६९ सालमा २५ जना शेयर सदस्यबाट स्थापित संस्थामा गत असार मसान्तसम्ममा ७२३ जना शेयर सदस्य र ५८ लाख रुपैयाँ शेयर पूँजी निर्माण गर्न सफल भएको छ । संस्थाले निक्षेप कारोबार गर्दा आर्थिक वर्ष २०७४÷०७५को असार मसान्तमा २ करोड २८ लाख ६८ हजार रुपैयाँ संकलन रहेको थियो भने कर्जा लगानीमा ३ करोड २६ लाख ६७ हजार रुपयाँ रहेको संस्थाका अध्यक्ष केशवकुमार खड्काले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य कृष्णप्रसाद मिश्रको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको थियो । उद्घाटन मन्तब्यमा संघका सञ्चालक मिश्रले वर्तमानमा सबैखाले सहकारीहरु पूँजी निर्माणमा मात्र केन्द्रित रहेकाले अब सदस्य केन्द्रित उत्पादन एवम् वितरणका योजनाहरु लिएर जान आग्रह गरे । कुनै पनि वित्तीय संस्थामा पूँजी नभए सेवा प्रवाह गर्न नसकिने भए पनि सहकारी ऐनमा उत्पादनका क्षेत्रमा लाग्नै पर्ने बाध्यकारी व्यवस्थालाई आत्मसाथ गर्नुको विकल्प पनि नरहेको मिश्रको कथन थियो ।

साधारणसभाको अवसर पारेर संस्थाले उत्कृष्ट बाल बचतकर्ता ६ जना, आवधिक बचतकर्ता ५ जना, उत्कृष्ठ उद्यमी ५ जना, ज्येष्ठ नागरिकमा ३ जना, संस्थाका कर्तव्यनिष्ठ कर्मचारीमा २ जनालाई सम्मान एवम् पुरस्कृत गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *