Sajhamanch Archive

मारवाडी महिला मञ्चको आयोजनामा स्वास्थ्य शिविर

Published: in समाज, स्वास्थ्य by .

भद्रपुर । गएको दशैंमा भद्रपुरमा ‘दशैं मिनी बजार’ लगाएर सामाजिक रुपमा प्रशंसा बटुलेको भद्रपुर मारवाडी महिला मञ्चले शनिबार भद्रपुरमै मानवीय सेवामूलक कार्य गरेको छ ।

मञ्चले भद्रपुर–६ स्थित सिटी गार्डन परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर उपचारमा खर्च गर्न नसक्ने बिरामीलाई सेवा पुर्याएको छ । मञ्चले निःशुल्क रुपमा दन्त परीक्षण सेवा, प्याथोलोजी सेवा, निःशुल्क औषधि वितरणका साथै रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

शिविरमा ओम साई पाथीभरा हस्पिटलका डा. सुमन ढकाल र अमर कपुरीले स्वास्थ्य जाँच गरेका थिए भने निःशुल्क औषधि वितरण गरिएको थियो ।

यसैगरी, नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदानमा मञ्चमा आबद्ध महिलाहरुले उत्साहपूर्वक रक्तदान गरेको मञ्चकी अध्यक्ष निक्की साहेवालाले जानकारी दिइन् ।

४५० भन्दा बढीले स्वास्थ्य सेवा लिएको र २० जनाले रक्तदान गरेको शिविरमा विर्तामोडको निश्चल फार्मेसीले औषधि उपलब्ध गराएको थियो भने अस्पतालमोडको अधिकारी प्याथोलोजीले ल्याव सेवा र बिर्तामोडको ओम डेन्टल क्लिनिकले दन्त सेवा उपलब्ध गराएको अध्यक्ष साहेवालाले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *