Sajhamanch Archive

साझामञ्च मिडिया हाउस पुरस्कृत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by .

दमक । झापाको बिर्तामोडबाट सञ्चालन गरिँदै आएको साझामञ्च डट कम डिजिटल न्यूजपोर्टल र साझा सहकारी मञ्च टेलिभिजन कार्यक्रमको माध्यमबाट सहकारी अभियानको प्रवद्र्धृन गरेको ठहर गरी यसको प्रकाशन संस्था प्रशंसित र पुरस्कृत भएको छ ।

कमल गाउँपालिका ३ केरखामा मुख्य कार्यालय रही झापा जिल्लाभर कार्यक्षेत्र रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले साझामञ्चलाई वर्ष उत्कृष्ट सञ्चारगृहको रुपमा नगद ५ हजार रुपैयाँ पुरस्कारसहित प्रशंशापत्रले सम्मान गरेको हो ।

आज दमकमा आयोजना गरिएको संस्थाको २०औं वार्षिक साधारणसभाको उद्घाटनको अवसरमा उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले हस्तान्तरण गरेका हुन् ।

प्रमुख अतिथि पोर्तेलसहित संस्थाका अध्यक्ष दिलिपकुमार सापकोटा, उपाध्यक्ष शरण पराजुली, व्यवस्थापक फणिन्द्र कार्कीसहितले साझामञ्चका स्थानीय सम्वाददाता उमानाथ भण्डारीलाई उक्त पुरस्कार रकम र प्रशंशापत्र हस्तान्तरण गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *