Sajhamanch Archive

पूर्व नेपालका साधारणसभा प्रतिनिधि ४९८ जना

Published: in सहकारी by .

कमल । झापाको कमल गाउँपालिका २ क्याम्पामा मुख्य कार्यालय रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभाका लागि आइतबार प्रतिनिधि छनौट गरिएको छ ।

सहकारी ऐन २०७४ मा व्यवस्था भएअनुसार १० जना शेयर सदस्य बराबर १ जना साधारणसभा प्रतिनिधि छनौट गरिएको हो । जिल्लाभर रहेका संस्थाका विभिन्न केन्द्रबाट ४९८ जना प्रतिनिधि छनौट गरिएको संस्थाका व्यवस्थापक चन्द्रकला ढकालले जानकारी दिइन् ।

२०५७ सालमा स्थापना भएको सहकारीले जिल्लाभर १३ वटा सेवा केन्द्र विस्तार गरी सदस्यलाई सेवा प्रदान गरिरहेको छ । संस्थामा गत असार मसान्तसम्म ४ हजार ९०० सदस्य रहेका बताइएको छ ।

संस्थाको १८औं वार्षिक साधारणसभा यही मंसीर १५ गते दमकस्थित रेडक्रस भवनमा गर्ने तयारी गरिरहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *