Sajhamanch Archive

इलाममा गमनशिलता तालिम सम्पन्न

Published: in समाज by .

इलाम । इलाममा गमनशिलता तालिम सम्पन्न भएको छ । करुणा फाउण्डेशन इलामको आर्थिक सहयोगमा नेत्रहिन संघ इलामले तालिमको आयोजना गरेको हो ।

तीन दिनसम्म चलाइएको गमनशिलता साथै अगरबत्ती धुप बनाउने तालिममा इलामका विभिन्न स्थानका नेत्रहिनहरुको सहभागिता थियो । गमनशिलता तालिमले नेत्रहिनहरुलाई कसरी आफ्नो जीवनलाई सरल र सहज तवरले सञ्चालन गर्ने भन्ने विषयमा अभ्यास गर्न सिकाएको तालिमका सहभागी रिना थेवेले बताइन् । अर्का सहभागी प्रकाश लम्जेलले आफ्नो तालिम अनुभव सुनाउँदै अगरबत्ती धुप बनाउने तालिमले आफूहरुलाई आत्मनिर्भर बन्न उत्प्रेरित गरेको बताए ।

तालिमको शिलशिलामा बनाइएको अगरबत्ती करुणा फाउण्डेशनले इलामका उपभोक्तासम्म पुर्याउने बताउँदै तालिम व्यवस्थापक अजित योञ्जनले समग्र अपांगता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन र अपांगता हुनबाट रोक्नसमेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए ।

तालिम समापनका अवसरमा सहजकर्ता सुचित कोइरालालाई नेत्रहिन संघले सम्मान गरेको थियो । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यमा सम्पन्न तालिम समापन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख श्रवणकुमार तिमिल्सिनाको विशेष आतिथ्य रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *