Sajhamanch Archive

किराँत जनवादी वर्कर्स पार्टीका दुई केन्द्रीय सदस्य जेल चलान

Published: (Updated: ) in मिडियाबाट साभार by .

खोटाङ ।  जबर्जस्ती चन्दा उठाएको कसुरमा किराँत जनवादी वर्कर्स पार्टीका दुई केन्द्रीय सदस्य जेल चलान भएका छन् ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरीका इश्वरकुमार राई र क्रान्तिलाल भनिने तौलकुमार राई सोमबार जेल चलान भएका हुन् ।

विभिन्न ठाउँमा जबर्जस्ती चन्दा उठाएको मुद्दामा सोलुखुम्बु जिल्ला अदालतले २०७३ जेठ ३१ गते उनीहरुविरुद्ध दुई÷दुई बर्ष कैद र जनही दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

यसैबीच वार्ताको चरणमा रहेको बेला आफ्ना नेतालाई जेल चलान गरिएको भन्दै वर्कसका प्रवक्ता बिरु किरातीले आपत्ति जनाएका छन् ।,

नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *