Sajhamanch Archive

कपालमा आउने चायाँको समाधानः घ्यू

Published: in रोचक कुरा / टिप्स by .

जाडोयाममा कपालमा आउने चायाँको समस्याबाट जो कोहि पनि अछुतो रहन सक्दैनन् ।

चायाँ सँग–सँगै कपाल झर्ने समस्याले त झन् धेरै सताइरहेको हुन्छ । त्यसैगरी गर्मीमा कपाल सुख्खा हुने, फुङ्ग उड्ने, नबढ्ने जस्ता समस्या पनि उत्तिकै भइरहेको हुन्छ ।

त्यस्ता समस्याका लागि मानिसहरु विभिन्न प्रकारका औषधिको प्रयोग गर्छन् । स्याम्फू परिवर्तन गर्छन् । तर पनि समस्याबाट मुक्ति भने पाएका हुँदैनन् । त्यसका लागि घरेलु उपायमा घ्यूको प्रयोग निकै उपयोगी मानिन्छ ।

घ्यू खाना, दाल र तरकारीको स्वाद बढाउने मात्र होइन यसले सौन्दर्य बढाउन पनि मद्दत गर्छ । अझ यसको प्रयोगले कपालमा हुने हरेक समस्याको समाधानका लागि लाभदायी भूमिका निर्वाह गर्छ ।

१। यदि तपाई कपालमा आएको चायाँबाट पीडित हुनुहुन्छ भने घ्यूमा बदामको तेल मिसाएर मसाज गर्नुपर्छ । जसले टाउकोमा हुने सुख्खापनबाट छुटकारा मिल्छ ।

२। कपालमा पोषणको कमीले कपालमा हाँगा फाट्ने समस्या भइरहेको छ भने घ्यूले मसाज गर्नुस् केहि समयमा हाँगा हराउँदै जान्छ ।

३। कपाल लामो बनाउन चाहानुहुन्छ भने अमला र प्याँजको रस मिसाएर १५ दिनमा १ एक पटक मसाज गर्नुस् कपाल लामो र चम्किलो हुँदै जान्छ ।

४। कपाललाई मुलायम बनाउनको लागि जैतूनको तेलमा घ्यू मिसाएर मसाज गर्नुपर्छ ।

५। कपालमा प्राकृतिक चमकको लागि घ्यूलाई हल्का तताएर १० मिनेट मसाज गर्नुस् र कागतीको रस लगाएर छाड्नुस् र १० मिनेटपछि धुनुहोस् ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *