Sajhamanch Archive

चिर्पटले हानेर श्रीमतीको हत्या

Published: (Updated: ) in समाज by .

दोलखा । जिरी नगरपालिकामा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ ।

सोमबार साँझ ५ बजे जिरी नगरपालिका वडा नं ९ ठूलोपातल बस्ने ३५ वर्षका तस्बिर तामाङको कुटपिटबाट श्रीमती ३३ वर्षीया राममाया तामाङको ज्यान गएको हो ।

तामाङले आफ्नै श्रीमतीलाई काठको चिर्पटले शरिरको विभिन्न भागमा प्रहार गरेका थिए । उनको कुटपिटबाट श्रीमतीको ज्यान गएको दोलखाका प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

हत्याका अभियुक्त तामाङ फरार रहेको र खोजी भैरहेको प्रहरीले जनाएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *