Sajhamanch Archive

सामाजिक सुरक्षा योजनाका बारेमा उद्योगीहरु भनाई कस्तो छ ?

Published: (Updated: ) in समाज by .

काठमाडौं । रोगजारदाताहरुले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई ‘चुनौतिपूर्ण योजना’को संज्ञा दिएका छन् ।

मंगलबार काठमाडौंमा एक समारोहकाबीच घोषणा गरिएको सामाजिक सुरक्षा योजना कार्यक्रममा बोल्दै रोजगारदाता संघ संगठनका नेताहरुले श्रमिकका लागि ठूलो अवसरको रुपमा ल्याइएको सरकारको योजना कायान्वयनमा भने चुनौति देखिएको टिप्पणी गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले लागू गरेको यो योजनाले सामाजिक रुपान्तरणको कामलाई अघि बढाएको उल्लेख गर्नुभयो । उहाँले यसको सफल कार्यान्वयनबाट मात्रै श्रमिकको भविष्य सुरक्षित हुने र त्यसले रोजगारदाताहरुलाई पनि प्रतिफल मिल्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष राणाले सरकारको सामाजिक सुरक्षा योजनालाई सफल बनाउन आफूहरुले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ऐतिहासिक भएको बताउनुभयो । उहाँले यो कार्यक्रमले देशभित्र काम गरेर खाने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष शर्माले सामाजिक सुरक्षा कोषको बजेट सदुपयोग गर्दै राष्ट्र निर्माणको अभियानलाई तीव्रता दिन पनि सरकारसँग आग्रह गर्नुभयो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *