Sajhamanch Archive

युरोपेली संघ रुसमाथि थप प्रतिबन्ध लगाउने तयारीमा

Published: in राष्ट्रिय समाचार, by .

बर्लिन । युरोपेली संघ (इयू)ले आगामी महिना रुसमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । पछिल्ला केहीदिन यता युक्रेनमा भएका गतिविधिलाई लिएर इयुले रुसमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

चक्रीय प्रणालीअन्तर्गत इयुको अध्यक्षता गरेकी करिन नेइसलले युक्रेनमा भएका गतिविधिलाई लिएर रुसमाथि थप प्रतिबन्ध लगाउने तयारी भइरहेको बताइन् । उनले युक्रेनमा रुसले गरिरहेका गतिविधि प्रतिबन्ध लगाउनुपर्ने एउटा विषय भए पनि आगामी दिनमा हुने घटना र परिवेशअनुसार निर्णय लिइने जानकारी दिइन् ।

अष्ट्रियाका विदेशमन्त्रीसमेत रहेका नेइसलले आफ्ना जर्मन समकक्षी हेइको माससँगको कुराकानीपछि सञ्चारकर्मीसँग कुरा गर्दै रुसमाथिको प्रतिबन्ध पुनः मूल्यांकन हुने बताइन् । रूस र यूक्रेनबीच पछिल्ला केही दिन यता नौसैनिक जहाजका विषयलाई लिएर द्वन्द्व चर्किएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *