Sajhamanch Archive

दैलेखमा जिप दुर्घटना मृतकको संख्या ४ पुग्यो

Published: in समाज by .

दैलेख। दैलेखमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

दैलेखको ठाँटिचार गाउँपालिका–३ वाहाकोटमा भे१च २२०७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि दुल्लु अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

मृत्यु हुनेमा राजबहादुर शाही, निर्मल बम र जिप चालक रमेश शाही छन् । अर्का एक मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते अन्य चार जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिए ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *