Sajhamanch Archive

लेखा समितिद्वारा खरिद प्रक्रियामा राय दिन अनुगमन कार्यालयलाई निर्देशन

Published: in अर्थतन्त्र by .

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी सार्वजनिक खरिद ऐन बमोजिम भए–नभएको राय पेस गर्न निर्देशन दिएको छ ।

सार्वजनिक खरिद कार्यालयलाई निर्देशन दिँदै सातादिनभित्र राय पेस गर्न भनेको छ ।

समितिको बुधबार बसेको बैठकको निर्णयअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले सातदिनभित्र राय दिनुपर्ने सभापति भरतकुमार साहले जानकारी दिए ।

समितिको बैठकमा सहभागी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीले सार्वजनिक खरिद सम्बन्धी काममा सकेसम्म बढी प्रतिष्पर्धा हुनुपर्ने बताए ।

“नेपाल वायुसेवा निगमले वाइडबडी खरिद गर्दा अहिलेसम्म हामीसँग कुनै पनि छलफल र सल्लाह गरेको छैन,” उनले भने ।

कार्यालयका निर्देशक रामचन्द्र शर्माले सार्वजनिक खरिद ऐनमा ब्रान्डको नाम तोकेर सामान खरिद गर्न नपाइने भए पनि नेवानिले नामै तोकेर खरिद गरेको बताए ।
तर पनि सधैं निर्मातासँग किन्नुपर्छ भन्ने नहुने उनको धारणा थियो ।

“जहाज पुरानो हो भन्ने हामीलाई लाग्दैन । एयरबस नै किन्ने हो भने प्रतिष्पर्धा गर्न जरुरी थियो कि थिएन भनेर सम्बन्धित निकायले हेर्नुपर्छ ।

निर्माता कम्पनी एउटै हो भने प्रतिष्पर्धा गराउनुको औचित्य देखिएन,” उनले भने ।

समितिमा सदस्यहरुले ब्रान्ड तोकेर सामान खरिद गर्नु नै भ्रष्टाचार भएको बताएका थिए ।

समितिका सदस्य अमनलाल मोदीले ब्रान्ड तोकेर सामान खरिद गर्नु भनेको नीतिगत भ्रष्टाचार भएको बताए ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *