Sajhamanch Archive

बिर्तामोड नगरपालिकामा कार्यविधि लागू

Published: in स्थानीय तह by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले पत्रकार र सञ्चारमाध्यमलाई पुरस्कृत गर्ने भएको छ ।

नगरपालिकाले उक्त कार्यसँगै सञ्चार क्षेत्रको विकासका र सञ्चारकर्मीको हितका लागि सूचना तथा सञ्चार कार्यविधि लागू गरेको छ । सूचना तथा सञ्चार कार्यविधि २०७५ नामक यस कार्यविधि लागू भएपछि नगर क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीको हकहितका लागि नीतिगत व्यवस्था गरिएको बिर्तामोड नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले बताउनुभयो ।

उहाँका अनुसार सो कार्यविधिमा व्यवस्था भएअनुसार अब नगरपालिकाले प्रत्येक वर्ष एक जना सञ्चारकर्मीलाई विकास पत्रकारिता पुरस्कार प्रदान गर्नेछ भने नगरको एउटा सञ्चारमाध्यमलाई पुरस्कृत गरिनेछ । नगरका विकासमूलक समाचारलाई प्राथमिकता दिने एक जना पत्रकार र एउटा सञ्चारमाध्यमलाई पुरस्कृत गरिने नीतिगत व्यवस्था भएको छ । साथै, अन्य सहयोगात्मक र भ्रमणका कार्यक्रम गरिने कार्यविधिमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *