Sajhamanch Archive

मनकामना मन्दिरमा सुनको छानो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

गोरखा । पुनर्निर्माण सकिएसँगै गोरखामा रहेको प्रसिद्घ धार्मिक स्थल मनकामना मन्दिर बुधबारबाट भक्तजनका लागि खुला गरिएको छ । यस अघि मन्दिर नजिकैको टहरोमा भगवतीको प्रतिमा स्थापना गरेर पूजाको ब्यवस्था मिलाइएको थियो ।

२०७२ असारबाट पुनर्निर्माण शुरु भएको मन्दिर निर्माण सकिसँगै मन्दिर भित्रै पूजाको ब्यवस्था मिलाइएको पुजारी इन्सान थापाले जानकारी दिए । मन्दिर भित्र पूजा शुरु भएसँगै बुधबार मनकामनामा भक्तजनको भीड लागेको थियो ।

भूकम्प अघि दक्षिण पश्चिम करीब ६ इन्च ढल्किएको मन्दिर भूकम्पले थप ढल्काएपछि पुनर्निर्माण गरिएको हो । निर्माण कार्य सकिएपछि बुधबारबाट मन्दिर भित्रै पूजाको ब्यवस्था मिलाइएको पुजारी थापाले बताएका हुन् ।

पुनर्निर्माणको क्रममा लागेको खर्च विवरण सार्वजनिक र दशकर्म पूजाको तयारी भइरहेको जीर्णोद्घार समितिले जनाएको छ । मन्दिर पुनर्निर्माणका लागि करीब १४ करोड रुपैयाँ खर्च लागेको जीर्णोद्घार समितिका संयोजक नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

नेपाल सरकारले पुनर्निर्माणको लागि चार करोड रुपैयाँ उपलब्ध गराएको थियो । बाँकी रकम भक्तजनबाटै संकलन भएको श्रेष्ठको भनाई छ । पुरानै स्वरुपमा मन्दिरको पुननिर्माण गरिएको हो ।

मन्दिरको छानामा सुनको जलप लगाउन १८ किलो २०० ग्राम सुन खर्च भएको श्रेष्ठको भनार्इ छ । सुनको जलपले मन्दिरको आकर्षण बढेको छ । केही दिनमा मन्दिर पुनर्निर्माणको लागि लागेको खर्च सार्वजनिक गर्ने उनले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *