Sajhamanch Archive

‘मिस वर्ल्ड–२०१८’ मा भोटिङको समय थपियो शृंखलाले भनिन् अझ मलाई अगाडी लानुहोस्

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाडौं । ‘मिस नेपाल–२०१८’ मा मल्टिमिडिया टाइटलका लागि प्रदान गरिएको समय थप गरिएको छ । हिजो ९नोभेम्बर २८० सम्मका लागि प्रदान गरिएको समय दुईदिन थप गरिएको छ । अब नोभेम्बर ३० अर्थात भोलि अपरान्ह ५ बजेसम्म भोट गर्न सकिनेछ ।

उक्त अवधिसम्म जसले सबैभन्दा धेरै भोट पाउँछ उसैले मल्टिमिडियाको टाइटल होल्ड गर्नेछ । अहिलेसम्मको भोट अनुसार नेपालकी सुन्दरी शृंखला खतिवडाले ‘मिस वर्ल्ड–२०१८’को मल्टिमिडिया भोटमा सबैभन्दा अगाडि छिन् । सोसल मिडियातर्फ भोटिङमा १२१ देशका प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै शृखलाले सबैलाई लिड गरिरहेकी छिन् ।

उनले सबैभन्दा धेरै ३४।९२ भोट प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका प्रतिस्पर्धी १० प्रतिशत भोटको वरिपरि छन् ।

शृंखलाले भोटको समय थपिएको भन्दै आफूलाई भोट गर्न पुनः आग्रह गरेकी छन् । उनले आउँदा चरणह हेड टु हेड ट्यालेन्ट राउन्डमा पनि सहयोगको अपेक्षा गरेको आफ्नो फेसबुक पेजमा लेखेकी छन् ।

उनले आफ्नो फेसबुक पेज तथा अन्य सामाजिक सञ्जालमार्फत आफूलाई भोट गर्नका लागि बारम्बार अपिल गर्दै भोट गर्ने तरिका समेत सिकाएकी थिइन् । मोभ स्टार एपमार्फत प्रतिस्पर्धीलाई भोट गर्ने व्यवस्था मिलाइएको थियो । सामाजिक सञ्जाल ‘मोभस्टार’ मा गएर प्रतिस्पर्धीको तस्बिर तथा भिडियोमा लाइक, सेयर तथा कमेन्ट गरेका आधारमा भोट काउन्ट हुन्थ्यो ।

शृंखलाले यो टाइटल मात्रै पनि जितेको खण्डमा मिस वर्ल्डमा नेपाली सुन्दरीले पाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हुनेछ ।

आफ्नो पेजमा भिजिटर बढाउन उनले प्रतिस्पर्धी विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न र गीत गाउन आग्रह गर्दै भिडियो पोस्ट गरेकी थिइन् । उनले आफ्नो भिडियोमा आफूलाईभन्दा पनि नेपालको सुन्दरतालाई देखाएकी छन् । उनले बौद्ध स्तुपादेखि सगरमाथासम्मलाई भिडियोमा समावेश गरेकी छन् ।

‘मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते चीनको सान्यामा हुँदैछ ।
बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *