Sajhamanch Archive

प्रेमले अन्धो मात्र हैन मूर्ख समेत बनाउँछ

Published: in विविधा by .

प्रेममा परेकाहरूमा तर्क गर्ने क्षमता समाप्त हुन्छ । अर्थात्, प्रेममा डुब्दा मस्तिष्कले काम गर्दैन ।

अक्सफोर्ड विश्वविद्यालयमा गरिएको अध्ययन अनुसार, मायापिरतीले मानिसलाई अन्धो मात्र हैन मूर्ख समेत  ।
अर्थात्, प्रेमको अनुभूति हुनासाथ मस्तिष्कमा तर्क उत्पन्न गर्ने खण्डले काम गर्न छोड्छ ।

यो स्थितिले व्यक्ति विशेषलाई विवेकशून्य बनाउँछ । यो अनुसन्धान राबिन डनवरले बेलायतका व्यक्तिहरूमाथि गरेका हुन् । यसमा सहभागीहरूको मस्तिष्कको गतिविधि एमआरआई को
माध्यमले परीक्षण गरियो ।

सहभागीहरूलाई आआफ्नो साथीको फोटो समेत देखाइयो । यसमा के पाइयो भने साथीको फोटो देख्नासाथ सहभागीहरूको मस्तिष्कमा भएको तर्क गर्ने खण्ड धेरै प्रभावित भयो र उनीहरूको सोच्ने, सम्झने शक्ति कमजोर हुन थाल्यो ।

अध्ययनबाट के निष्कर्ष निकालियो भने, प्रेम हुनासाथ व्यक्तिको मस्तिष्कमाथि मुटुले शासन गर्न थाल्छ ।

यस्तोमा प्रेमी हृदयहरू कुनै पनि निर्णय भावनामा बगेर गर्न थाल्छन् । अनुसन्धान अनुसार, मुटुको मामिलामा मस्तिष्कको उपयोग गर्न थाल्दा स्वस्थ र राम्रो सम्बन्ध बन्न सक्दैन ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *