Sajhamanch Archive

के हस्तमैथुनले लिङ्गको आकार बढ्ला ? हेर्नैपर्नेकुरा

Published: in रोचक कुरा / टिप्स by .

यौन आनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण प्रमुख हो।

यौनसम्पर्कमा यौनाङ्गहरू नै एक(आपसमा घर्षण गराइन्छ। यस्तो घर्षणको आनन्द अरू कसैको यौनअङ्गमा गराउँदा मात्र होइन, हातैले गराउँदा पनि पाइन्छ।

हस्तमैथुन भनेको हातैले यौनाङ्ग चलाएर यौनआनन्द लिने यौन क्रियाकलाप हो। आफैंले गरिने अनेक किसिमका यौन क्रियाकलापलाई हस्तमैथुन भनिन्छ।

किशोरावस्था तथा युवावस्थामा यौन इच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारलाई रोकमात्र लगाइने भएकाले अन्य वैकल्पिक उपाय नभएको स्थितिमा हस्तमैथुनलाई नै यौनसन्तुष्टिको प्रमुख माध्यम बनाइन्छ, तर हस्तमैथुनका बारेमा कतिपय गलत धारणा व्याप्त पाइन्छ।

हस्तमैथुन वास्तवमा स्वाभाविक यौन क्रियाकलाप हो। यद्यपि कतिपय यसले हानि गर्छ कि भन्ने शंका गर्छन्। सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा घर्षणबाट यौनआनन्द पाउने प्रक्रिया उस्तै हो।

त्यसैले सम्भोग गर्दा हानि हुँदैन, तर हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिलेन। कतिपय गलत धारणा वा भ्रम व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि(नोक्सानी गर्दैन।

किशोरावस्थामा अनेकन् शारीरिक परिवर्तन हुन्छन्। एकातिर शरीरमा विभिन्न परिवर्तन हुन्छ भने यौनचाहना र त्यसप्रति विशेष अभिरुचि हुन्छ। शारीरिक परिवर्तनमा लिङ्गको आकार बढ्नु पनि एक हो र यसै बेला हस्तमैथुन पनि गर्न थालिन्छ।

कतिपयले यस्ता परिवर्तन हस्तमैथुनका कारणले हुन्छ भन्ठान्छन्, तर वास्तविकता यो हार्मोनको प्रभावले हुने परिवर्तनको प्रभाव वा नतिजा हो। त्यसैले लिङ्ग बढाउन हस्तमैथुनलाई प्रभावकारी उपायका रूपमा लिन सकिँदैन।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *