आर्थिक अभावमा बालक धिमालको उपचारमा समस्या, परिवारद्वरा सहयोगको याचना
Published: (Updated: )
by .बिर्तामोड । झापा बिर्तामोड नगरपालिका ४ का १० वर्षीय मन्दिप धिमालको उपचारमा समस्या भएको छ ।
बिर्तामोड ४ उर्वसी चौक पश्चिम बस्दै आएका धिमाल गत कार्तिक १९ गते आफु बसेको डेराघरको २ तले घरबाट खस्दा टाउकोमा गहिरो चोट लागेको र दाहिने हात भाँचिएको थियो । बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा उपचारत् बालक धिमालको उपचार गर्न आर्थिक अवस्था निकै कमजोर भएकाले समस्या भएको पीडित बालकका बुवा दिपेश धिमालले बताए ।
छोराको उपचारको लागि आजसम्म १२ लाख बढी खर्च भएको र बाँकी उपचारमा लाखौँ लाग्ने अस्पतालले जानकारी दिएको बुबा दिपेशले बताए । दैनिक ज्यालादारी गरेर घर गुजारा चलाउँदै आएको बताउँदै बुवा दिपेशले देश विदेशमा रहेका सहयोगी मनहरुसँग सहयोगको याचना गरेका छन् । अरुको ज्याला मजदुरीबाट घर धान्दै आएका विरामीका बुवा दिपेश धिमालले भने घरायसी खर्च चलाउन त निकै धौ धौ थियो झन एउटा मात्रै रहेको छारोका यो हालत छ, कसरी यतिका रकम जुटाऔँ । छोराको देब्रे पाटो हात र खुट्टा अझै चल्दैन, बोल्न पनि सक्दैन’ यस्तो गम्भिर चोट लागेको भन्दै उनले सबैसँग आर्थिक सहयोगको लागी अपिल गरेका छन् । उनी भन्छन् तपाँईहरुको सहयोगले मेरो छोराका ज्यान बाँच्नेछ त्यसैले सहयोग र सेवालाई धर्म ठानी सक्दो आर्थिक सहयोग गरि छोराको ज्यान बचाइदिनु होस् ।
उपचारमा आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावहरुलाई एस बि आई बैङ्कमा रहेको दिपेश धिमालको खाता नम्बर ९८२१५२४१४००२३१ रकम जम्मा गर्न साथै अन्य जानकारी चाहिए मोबाइल नम्बर ९८०६०४१०८४ मा सम्पर्क राख्न अनुरोध गरेका छन् ।
Comments