Sajhamanch Archive

सर्वत्र विरोधपछि हट्यो जोर-बिजोर प्रणाली

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नागरिकका तर्फबाट चौतर्फी विरोधपछि सरकारले काठमाडौंमा यातायातमा लागू गरेको जोर–बिजोर प्रणाली हटाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बिहान साढे ११ बजेबाट जोर–बिजोर प्रणाली हटाइएको जनाएको छ । गैरसरकारी संस्था एसिया प्यासिफिक सम्मेलनका लागि भन्दै ट्राफिक प्रहरीले हिजोदेखि चार दिनसम्म काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरेको थियो ।

जोर–बिजोर प्रणाली लागू भएपछि नागरिकले चर्को सास्ती खेप्नुपरेको थियो । त्यसको चौतर्फी विरोध भएपछि गृहमन्त्रालयले आज विज्ञप्ति जारी गरी जोरबिजोर प्रणाली हटाउन निर्देशन दिएको हो ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *