Sajhamanch Archive

थाइराइड रोग सम्बन्धी एनएमसीको स्वास्थ्य शिक्षा कार्यक्रम

Published: in सहकारी by .

बुट्टाबारी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगतको स्वास्थ्य समितिको आयोजनामा आज थाइराइड रोग सम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

अर्जुनधारा ११ स्थित जुनकिरी प्राथमिक विद्यालयमा सम्पन्न कार्यक्रममा मेची अञ्चल अस्पताल भद्रपुरका थाइराइड रोग विशेषज्ञ डा. गोविन्द कँडेलले उक्त रोग सम्बन्धी सहजीकरण गरेका थिए । उनले थाइराइड रोग लाग्नुका कारण, हाम्रो खानपान तथा थाइराइड रोगबाट बच्ने उपायबारे सहभागीलाई जानकारी गराएका थिए ।

कार्यक्रमको औचित्यमाथि बोल्दै समितिका संयोजक दिलिप सुवेदीले एनएमसीले यसप्रकारका कार्यक्रम मार्फत समुदाय लक्षित स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने बताए ।

एनएमसी बिर्तामोड कार्यालयगत समिति सदस्य शान्ता रोक्काले स्वागत गरेको कार्यक्रममा जुनकिरी प्रावि व्यवस्थापन समिति अध्यक्ष तीर्थ राईलगायतले बोलेका थिए ।

१५० जनाभन्दा बढीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन समितिका सदस्य सचिव जीवनमणि कटुवालले गरेका थिए ।

एनएमसीको नयाँ कार्यालयको रुपमा स्थापना भएको बुट्टाबारी सम्पर्क कार्यालयको स्थानीय व्यवस्थापनमा सम्पन्न कार्यक्रमका बारेमा स्थानीय श्रीप्रसाद लिम्बू र सरोजा न्यौपानेले सहभागीका तर्फबाट प्रतिक्रिया राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *