Sajhamanch Archive

अन्तर विद्यालय बक्तृत्वकलामा हिमाली इङ्लिस बोर्डिङ्ग स्कुल प्रथम

Published: in समाज by .

कमल । झापाको कमल गाउँपालिकामा अन्तर माध्यमिक विद्यालय बक्तृत्वकला प्रतियोगितामा हिमाली इङ्लिस बोर्डिङ्ग स्कुलका आर्दश सिग्देल प्रथम र योजना तिम्सिना द्वितीय भएका छन् ।

त्यस्तै स्मारिका इङ्लिस बोर्डिङ्ग स्कुलका विष्णु विष्ट तृतीय भएका हुन् । कमल नगर जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत गरिएको आजको नेपाल अनि युवाको भुमिका विषयक बक्तृत्वकलामा गाउँपालिका भित्रका १४ ओटा विद्यालय सहभागी भएका थिए ।

त्यसैगरी सन्तवना पुरस्कार वण्डरल्याण्ड माध्यमिक विद्यायलयकी शिखा न्यौपाने, लालिमा आवसिय माध्यमिक विद्यालयका अनुपम सुवार र श्रृष्टि आङ्गवोहाङ्गले प्राप्त गरेका छन् । उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसैगरी कमल नगर जेसीज वर्ष २०१८ का अध्यक्ष तथा कमल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष केदार कटुवालले कमल १ स्थित बाँसवारी आधारभुत विद्यालयका कक्षा ९ मा अध्ययनरत रोशनी तामाङ्गको अभिभावकक्त्व ग्रहरण गर्दै विद्यालय पोशाक, स्कुल व्याग र स्टेशनरी प्रदान गरेका थिए ।

जेसीज सप्ताह कार्यक्रमका मुल संयोजक विष्णु भक्त लामिछानेको अध्यक्षतामा भएका कार्यक्रममा प्रमुख अतिथी नेपाल जेसिज वर्ष २०१७ का अध्यक्ष प्रकास अधिकारीले कमलनगर जेसीजको स्थापनाका लागी आफुले धेरै सहयोग गरेको र जेसीज के नामका कारण यस गाउँपालिकाको नाम कमल गाउँपालिका रहन गएकोमा आफुलाई गर्व लागेको बताए ।  कार्यक्रममा जेसीज सप्ताह सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संघ सस्था , व्याक्तिलाई सम्मान गरिएको छ ।

कार्यक्रमको सन्चालन कमल नगर जेसीजका महासचिव हेम दाहाल र उपाध्यक्ष नारायण बस्नेतले गरेका थिए भने स्वागत युवराज पाठकले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *