Sajhamanch Archive

सताक्षीधाममा र भद्रपुरमा रक्तदान ८७ प्रिन्ट रगत संकलन

Published: (Updated: ) in विविधा by .

दूधे ।ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा ५१ प्रिन्ट रगत संकलन गरिएको छ ।

लाइन्स क्लब अफ शिवसताक्षी, छिमेकी बचत तथा ऋण सहकारी संस्था र शुलभ बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा रक्तदान भएको थियो ।

रक्तदान कार्यक्रममा नपाल रेडक्रस उप शाखा दमकको प्राविधिक सहयोग रहेको लाइन्स क्लब अफ शिवसताक्षीका चार्टर प्रेसिडेन्ट यामनाथ काफ्लेले बताए । सताक्षीधाम गोवर्धन गोलोकका अध्यक्ष तथा संरक्षक आचार्य नन्दकिशोर भारद्वजले रगत दिएर रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । सताक्षीधामा सञ्चालन भैरहेको शिव पुराणमा स्थलमा रक्तदानको आयोजना गरिएको थियो ।

त्यसै गरी भद्रपुर जेसीजले आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।
रेडक्रस झापा तथा स्काउट झापाको प्राविधिक सहयोगमा चन्द्रगढी स्थित विरेन्द्र मा.वि. को प्राङगणमा रक्तदान सम्पन्न गरेको हो ।

भद्रपुर जेसीजका अध्यक्ष सोमप्रसाद ढुङ्गेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *