Sajhamanch Archive

पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध चर्किएको प्रदर्शन हिंसात्मक

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा फ्रान्समा चर्किंदै गएको प्रदर्शन हिंसात्मक बन्न थालेको छ ।

पेरिसमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १७ जना सुरक्षाकर्मीसहित कम्तिमा १ सय १० जना घाइते भएका छन् । प्रहरीले २ सय ७० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरासमेत प्रयोग गरेको छ । फ्रान्समा डिजेलको मूल्य पछिल्ला १२ महिनामा २३ प्रतिशतले वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव भइरहँदा पनि फ्रान्समा भने लगातार मूल्य वृद्धि भइरहेको हो । राष्ट्रपति इमान्यूयल म्याक्रोनले हाइड्रोकार्बनमा कर बढाएपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो । राष्ट्रपति म्याक्रोनले भने पेरिसमा भएको प्रदर्शन अनुचित भएको बताएका छन् ।

मूल्यवृद्धिको विरोधमा यस अघि गत नोभेम्बर १७ मा देशभर प्रदर्शन भएको थियो । त्यसबेला करिब ३ लाख मानिस सडकमा उत्रिएको बताइएको छ । प्रदर्शन चर्किंदै गएपछि सामाजिक सञ्जालहरुमा राष्ट्रपति म्याक्रोनको आर्थिक नीतिको आलोचना बढ्दै जाँदा प्रदर्शन पनि तिव्र बन्दै गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *