Sajhamanch Archive

गायिका अञ्जुले ‘भ्वाइस अफ नेपाल’मा किन बाँडिन् पैसा ?

Published: in टिप्स/जानकारी by .

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तले रियालटी शोका प्रतियोगीलाई पैसा बाँडेकी छन् । उनले चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’का प्रतियोगीलाई पैसा बाँडेकी हुन् ।

शनिबारको एपिसोडमा सेलिब्रेटी गेष्टको रुपमा पुगेकी गायिका पन्तले त्यहाँ प्रतियोगीलाई पैसा बाँडेकी हुन् । प्रतियोगीले आफ्नो प्रस्तुति सकाएपछि उनले पैसा हातमा राख्दै आर्शिवाद समेत दिएकी थिइन् ।

उनले प्रतियोगीलाई ५ सय र १ हजारको नोट आफ्नो पर्सबाट झिक्दै बाँडेकी थिइन् ।

अञ्जुले ‘दि भ्वाइस अफ नेपाल’का प्रतियोगीलाई पैसा बाँडेपछि सामाजिक संजालमा किन र केका लागि बाँडियो भनेर थुप्रैले प्रश्न उब्जिएका छन् ।

अञ्जुले प्रतियोगीतामा बाँडेको पैसालाई अन्यथा लिन नमिल्ने ‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले बताए ।

‘अञ्जुले आफूलाई मनपर्ने प्रतियोगीलाई बोलाएर पुरस्कार दिएकी हुन्’ पौडेलले भने, ‘मनपर्ने प्रतियोगीलाई हौसलाका लागि गेष्ट र जजले पैसा दिने चलन अन्तराष्ट्रिय रियालटी शोमा पनि देख्न सकिन्छ ।’

अञ्जुले पैसा मात्र हैन केही प्रतियोगीलाई चेक समेत दिएको पौडेलले खुलाए । उनले थपे ‘चेक पाउने प्रतियोगीले फ्रेममा सजाएर राख्छु समेत भनेका छन् ।’

प्रतियोगीको हौसला बढाउन फरक फरक सेलिब्रेटीलाई गेष्टको रुपमा बोलाउने क्रममा अञ्जुपनि ‘दि भ्वाइस अफ नेपाल’ पुगेकी हुन् ।

‘दि भ्वाइस अफ नेपाल’ बिभिन्न चराण हँुदै अहिले लाइभ शोमा आइपुगेको छ । कार्यक्रमलाई ‘टिभिएस अपाच’ले प्रयोजन गरेको छ ।

यस बिषयमा गायिका अञ्जुसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *