Sajhamanch Archive

आजका लागि विदेशी मुद्राको भाउ स्थिर

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं । सोमबार विदेशी मुद्राको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रिदर २९ रुपैयाँ ७६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रिदर ३० रुपैयाँ ४० पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५४ पैसा र बिक्रिदर २६ रुपैयाँ ६८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रिदर ९ रुपैयाँ ९७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ २४ पैसा छ भने बिक्रिदर ३ सय ६७ रुपैयाँ २२ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ५३ पैसा र बिक्रिदर २ सय ९६ रुपैयाँ १२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *