Sajhamanch Archive

नेप्से बढ्ने संकेत कारोबार न्यून

Published: in अर्थतन्त्र by .

काठमाडौं । सोमबारको सुरुवाती कारोबारमा नेप्से परिसूचक सकारात्मक देखिएको छ ।

दिनको १ बजे परिसूचक ७ दशमलव १९ अंकले बढेको हो ।

११ सय ३० दशमलव ८९ अंकबाट सुरु भएको सेयर बजार परिसूचक १ बजेको अपडेट अनुसार ११ सय ३८ दशमलव ०८ अंकमा आइपुगेको छ ।

नेप्से परिसूचक सकारात्मक देखिँदा यसदिन बजारमा कारोबार रकम भने न्यून देखिएको छ ।

आइतबार ४ घण्टाको कारोबार अबधिमा ४५ करोडभन्दा बढीको कारोबार भएकोमा सोमबार २ घन्टामा ४ करोड रुपैयाँ बराबरको मात्र सेयर खरीदबिक्री भएका छन् ।

यद्यपि १२ बजेर ३७ मिनेट दिनकै उच्च बिन्दुमा रहेको सेयर बजार अहिले घट्दा क्रममा देखिएको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *