Sajhamanch Archive

विद्युत प्रशारणलाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको लेखा समितिको ठहर

Published: in राष्ट्रिय समाचार by .

काठमाडौंं । संघीय संसदको सार्वजनिक लेखा समितिले विद्युत प्रशारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको उल्लेख गर्दै छानविन सुरु गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले सुरु गरेको विद्युत प्रशारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको उजुरी परेपछि समितिले सो सम्बन्धमा छानविन सुरु गरेको हो ।

विद्युत प्रशारण लाइन विस्तार तथा ट्रान्सफर्मर जडान गर्ने ठेक्कासम्बन्धि विषयमा आर्थिक अनियमितता भएको पाइएपछि समितिले सो सम्बन्धमा छानविन सुरु गरेको समितिका सचिव डा। रोजनाथ पाण्डेले बताए ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण प्रणालीलाई गुणस्तरीय बनाउने योजनासहित देशभर विद्युत् पिलरसहितको प्रशारण लाइन विस्तार र ट्रान्सफर्मर जडानको कामलाई अघि बढाएकोमा उक्त अनियमितता देखिएको हो ।

उक्त योजनाका लागि ठेक्का प्रक्रियामै आर्थिक अनियमितता देखिएको भन्दै सार्वजनिक लेखा समितिमा उजुरी परेपछि समितिले सो सम्बन्धमा छानविन अघि बढाएको हो ।

छानविनका लागि समितिले सोसम्बन्धि आवश्यक कागजातसमेत नेपाल विद्युत प्राधिकरणबाट झिकाउने प्रक्रिया सुरु गरेको सचिव पाण्डेले बताए ।

“समितिले अन्तःशुल्क स्टिकर छपाइमा अर्थ मन्त्रालयले ग्लोबल टेण्डर आह्वान नगरेको विषयलाई पनि छानविनको दायरामा ल्याएको छ ।

नेपाली कम्पनीहरुले आफूहरुलाई सो अवसरबाट वञ्चित गराएको भन्दै समितिमा उजुरी दिएपछि सार्वजनिक लेखा समितिले त्यस सम्बन्धमा आर्थिक अनियमितता भएको हुनसक्ने आशङ्का गर्दै अर्थ मन्त्रालयसँग सो सम्बन्धमा आवश्यक जानकारी माग गरेको हो,” सचिव पाण्डेले भने, “नेपाली कम्पनीहरुलाई सो अवसरबाट किन वञ्चित गराएको भनेर समितिले अर्थ मन्त्रालयसँग सोधपुछ गरेको छ ।”

अन्तः शुल्क स्टिकर छाप्दा ग्लोबल टेण्डर गरेर मात्रै सो प्रक्रिया अघि बढाउनुपर्नेमा त्यसो नभएको उजुरी समितिमा परेको छ ।

 

हायात कानुन विपरित स् महालेखा
त्यसैगरी समितिले तारा गाउँ विकास समितिको जग्गा हायात रिजेन्सी होटलले पुनर्मूल्याङ्कन गरेर सेयर हडपेको विषयमा पनि समितिले छानवीन सुरु गरेको छ ।

३९ प्रतिशत सेयर रहेको समितिको सो जग्गालाई हायत रिजेन्सी होटलले जमिनको पुनर्मूल्याङ्कन गरी ९ प्रतिशत सेयरमा झारेपछि त्यो विधिसम्मत नभएको समितिको ठहर छ ।

महालेखा परीक्षकको कार्यालयले पनि सो जग्गाको पुनर्मूल्याङ्कनमा अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेपछि सो सम्बन्धमा पनि समितिले छानविन सुरु गरेको पाण्डेले बताए ।

समितिले सोसम्बन्धि छानविनका लागि सम्बन्धित निकायबाट आवश्यक काजगातसमेत झिकाएको छ ।

महालेखा परीक्षक कार्यालयको ५५ औं वार्षिक प्रतिवेदनमा तारा गाउँ विकास समितिको जग्गाको सेयर हायत रिजेन्सी होटलले पुनर्मूल्याङ्कन गरेर कानुन विपरित काम गरेको उल्लेख गरिएको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *