Sajhamanch Archive

प्रहरीले बरामद गर्यो अवैध भारतीय सामान

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मेचीनगर । जिल्ला प्रहरी कार्यालय झापाले अवैधरुपमा नेपाल भित्राएका करीव ४ लाख रुपैयाँ मूल्य बराबरका भारतीय सामान बरामद गरेको छ । कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मेचीनगरका विभिन्न स्थानबाट अवैध सामान बरामद गरेको हो ।

प्रहरीले बरामद गरेका सामानहरुमा रुख काट्ने चार थान मेशीन, ९६ पिस जिपरसहित लत्ता कपडा, स्टीलका भाडावर्तन रहेका छन् । नेपालबाट भारततर्फ निर्यात गर्दैगर्दा मरिच, चुरोटसमेत बरामद गरिएको प्रहरीको भनाई छ ।

प्रहरीले करिब तीन लाख ९७ हजार १०० रुपैयाँ मूल्यका भारतीय सामान बरामद गरेको कार्यालयले जनाएको छ । बरामद गरिएका सवै सामान आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइने प्रहरीले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *