Sajhamanch Archive

खुदुनाबारी सेमीफाइनलमा प्रबेश

Published: in खेलकुद by .

बुद्धशान्ति । खुदुनाबारी स्पोटिङ क्लब झापाको बुद्धशान्ति–१ भोटेटारमा जारी प्रथम भोटेटार क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रबेश गरेको छ ।

सोमबार भएको खेलमा आदर्श युवा क्लब बुधबारेलाई ३-० ले हराउदै खुदुनाबारी स्पोटिङ क्लबले सेमीफाइनलको यात्रा तय गरेकोे हो ।

भोलिको खेल नवज्योति क्लब जयपुर र धाइजन स्पोटिङ क्लब बिच खेल हुने आयोजकका प्रकाश भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा कुटिडाँडा क्लब, धारागोला क्लब, खुदुनाबारी क्लब, आदर्श युवा क्लब, कालीस्थान क्लब, नवज्योति क्लब जयपुर, धाइजन क्लब र आयोजक टिम सहभागी छन् ।

झापा र इलामका ८ टिम सहभागी प्रतियोगिताको फाइनल खेल मंसिर २२ गते हुने आयोजक गजुहाङ योङहाङले जनाएका छन् । प्रतियोगिता भोटेटारको खेल मैदानमा भईरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *