Sajhamanch Archive

पुरुषका लागि आयो गर्भनिरोधक जेल कसरी प्रयोग गर्ने हेर्नुहोस

Published: in विविधा by .

यदि तपाईंको पार्टनर कण्डम प्रयोग गर्दैनन् र तपाईं साइड इफेक्टको डरले गर्भनिरोधक औषधी खान चाहनुहुन्न भने तपाईंका लागि यो खुसीको खबर हुनसक्छ ।

वैज्ञानिकले पुरुषका लागि गर्भनिरोधक साधन तयार गरेका छन् ।

पपुलेशन काउन्सिल र एनआईएचक युनिस केनेडी श्रिवरले एउटा यस्ता जेलको विकास गरेका छन् जसको प्रयोगले पुरुषको शुक्रकिट अस्थायी रुपमा कम हुन्छ ।

यो अनुसन्धानलाई नेतृत्व गरिरहेकी डा। डायना ब्लिथले भनिन्, ‘धेरै महिलाले गर्भनिरोधक चक्की खान सकिरहेका हुँदैनन् र पुरुषको गर्भनिरोधक विधि भ्यासेक्टोमी र कण्डममा मात्र सिमित छ ।’

पिठ्युँ र काँधमा लगाइनेछ यो जेलः

यो जेलको नाम ल्भ्क्रत् राखिएको छ । यसलाई पुरुषहरुले आफ्नो पिठ्युँ र काँधमा लगाउनुपर्छ ।

यो जेललाई छालाले सोसेपछि यसले असर देखाउनेछ । यो जेललाई बनाउनका लागि टेस्टोस्टेरोनका साथै सेजेस्टेरोन नामको तत्व पनि समावेश गरिएको छ ।

शुक्रकिटको उत्पादनमा कमी ल्याउँछः

सेजेस्टेरोनले पुरुषको टेस्टोस्टेरोनको प्राकृतिक उत्पादनमा रोक लगाउँछ जसमार्फत वीर्यको उत्पादनमा अत्यधिक कमी आउने गर्छ । यसले यौन उत्तेजना र अन्य कार्यमा कुनै असर नराख्ने बताएको छ ।

यो जेललाई संसारभरीका चार सय २० जोडीमाथि चाँडै नै परीक्षण गरिने बताइएको छ ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *